YouTube Link

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

Facebook Link

 

काठमाडौं: नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो ।

 

 

भारतको उडिसा राज्यको कट्टक शहर आयोजना हुने ग्लोबल थिएटर फेस्टिभल २०२४ मा भाग लिन नाटकका कलाकारहरु रुमानी रोकाया, आर्जन अधिकारी, सौर्या शाह, सुजन पहाडी, आराध्य खतिवडा, जिविका खतिवडा, स्यारोन कटुवाल, ट्रेजा ढकाल, प्रशंसा कटुवाल लगायत नाटक टोली त्यस तर्फ प्रस्थान गरेका हुन् । देउकी परम्परामा आधारित नाटकको लेखन तथा निर्देशन पुस्पराज अवस्थीले गरेका हुन् । नाटकले उठाएको विषयवस्तु र कलाकारहरुले गरेको उत्कृष्ट प्रस्तुतिकरणको दर्शकहरुले गत वर्ष मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

 

 

सांस्कृतिक संस्थान र प्याब्सनको संयुक्त आयोजनामा भएको मेलामा गत वर्ष निर्णायकका रुपमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ रहेका थिए ।  यो वर्ष पनि राष्ट्रिय नाटक मेला २०८० आगामी फागुन ७ देखि १६ गते सम्म आयोजना हुने महासंघका अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । उनी भन्छन् ‘त्यसका लागि सहभागिताका लागि आव्हान भएको छ ।’

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...