YouTube Link

मितिनी नेपाल संस्थाले प्रशिक्षित अभियन्ता निर्माण गर्दै

Facebook Link

 

काठमाडौं: लैगिंक तथा यौनिक अल्पसंख्यक समुदाय विशेष गरी समलिङ्गी महिला, द्वयलिङ्गी महिला र ट्रान्सजेण्डर व्यक्तिहरूको समान हक अधिकारका लागि पैरवी गर्दै आएको संस्था मितिनी नेपालले नेतृत्व विकास तालिम र रिफ्रेसमेन्टको आयोजना गरेको छ ।

 

संस्थाले अंग्रेजी वर्षको नयाँ वर्ष २०२४ को अवसर पारेर पोखरास्थित लेकसाइडमा हालै तीन दिने नेतृत्व विकास, टिम बिल्डिङ्, कार्य स्थलमा गर्ने व्यवहार र द्वन्द्व व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा रिफ्रेसमेन्ट कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा काठमाडौं लगायत भक्तपुर, ललितपुर, सुनसरी, झापा, बाँके, दाङ्, कैलाली आदि जिल्लाका १६ जना लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ताहरुको सहभागिता थियो ।

 

मितिनी नेपालले समलिङ्गी विवाहलाई कानुनी रुपमा मान्यता दिनुपर्ने आवाज पछिल्ला समयमा जोडदार रुपमा उठाइरहेको छ । आफ्ना समुदायका धेरै व्यक्तिहरु वैवाहिक रुपमा एकअर्कोसँग सम्बन्ध गाँसेर बस्दै आएपनि राज्यले त्यसलाई मान्यता नदिएका कारण आफ्ना पार्टनरलाई केही भै हालेमा दुबै मिलेर कमाएको सम्पत्तिमा हक नलाग्ने, बैंक वा बीमामार्फत जम्मा गरेको पैसा पनि दाबी गर्न नसकिने, आफ्ना सन्तानको समेत भविष्य नरहनेजस्ता कानुनी समस्या तथा परिवार, समाजबाटै समेत हेला र तिरस्कार भोग्दै आउनु परेको, नागरिकता नै नबनाइदिने, नेपालको संविधानले समेत देशका हरेक नागरिकले समान रुपमा अधिकार उपभोग गर्न पाउने व्यवस्था गरेपनि आफूहरु भने त्यसबाट सधै बञ्चित रहँदै आउनु परेको दुखेसो पोख्दै लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायहरुको हक अधिकार रक्षाको लागि सुमुदायका व्यक्तिहरु आफै जागरुक हुनु पर्ने र त्यसका लागि आफूहरुमा क्षमता अभिवृद्धि हुनु पर्ने भएकोले बिभिन्न समयमा यस किसिमका तालिमहरुको आयोजना गर्दै आएको कुरा आयोजक संस्थाका अध्यक्ष लक्ष्मी घलानले बताए ।

 

 

त्यस्तै संस्थाकी कार्यकारी निर्देशक सरिता के.सी.ले समुदायका व्यक्तिहरु समाजले गर्ने दुर्व्यवहार र परिवार र आफन्तले आफ्ना इच्छा र भावनाविपरीत जवजस्ति विवाह गरिदिने कारणले  आफ्नो लैगिंक तथा यौनिक पहिचान खुलेर व्यक्त गर्न नसकी भित्रभित्रै गुम्स्याएर बस्नु परेको र समाजमा आफ्नो पहिचान लुकाएरै हिड्नुपर्ने बाध्यता अझै पनि रहेकोले त्यसका लागि अभियन्ता मात्र नभै हरेक जिम्मेवार नागरिकले पहल गर्नु पर्ने कुरामा जोड दिइन् ।

 

प्रशिक्षणपश्चात आफ्नो पहिचानको लडाइँ र लैगिंक समानताको अभियान अझ प्रभावकारी रुपमा सहभागीहरुले हाक्ने कुरामा आफू विश्वस्त रहेको कुरा तालिमका सहजकर्ता हामी दाजुभाइ संस्थाका महासचिब एवं सामाजिक अभियन्ता अशोक शिवाकोटीले बताए ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...