YouTube Link

सात दिने चलचित्र छायांकन प्रशिक्षण सम्पन्न

Facebook Link

 

काठमाडौं: सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा ७ दिने चलचित्र छायांकन प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।

 

सुनुवार सेवा समाज भवन कोटेश्वरमा ७ दिने प्रशिक्षण कार्यक्रमको समापन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खजित राईको प्रमुख आतिथ्यमा तथा चलचित्र विकासका सदस्य सचिव निर्मला चौलागाई, नेपाल सरकारका उप सचिव तथा ललितपुर जिल्लाका सहायक सिडिओ अमरदीप सुनुवार र सुकच संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवारको विशेष आतिथ्यमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरी सम्पन्न भएको हो ।

 

प्रमुख अतिथि पूर्खजित राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै सुकचबाट प्रशिक्षित प्रशिक्षार्थीहरुबाट पक्कै पनि अबका दिनमा आदिबासी जनजातिका आँखाबाट चलचित्र बन्नुपर्छ र बन्नेमा आशावादी रहेको बताए । यस प्रशिक्षणबाट लामो छोटा जस्तोसुकै चलचित्र बनोस् यहि चलचित्रबाट जनजातिको आवाज बुलन्द हुने बिश्वास व्यक्त गर्दै उनले भने अबका दिनमा आदिबासी जनजातिको पहिचान सहितको खोज अनुसन्धान हुनेछ र जनजातिको आँखाबाट जनजातिको चलचित्र बन्ने छ । भाषाका कारण चलचित्र नचल्ने भन्ने हैन आफ्नै भाषाको चलचित्र विश्व बजारमा चल्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

 

 

कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा ललितपुर जिल्लाका सहायक सिडिओ अमरदीप सुनुवारले सुकचले सुनुवारहरुको लुकेको प्रतिभालाई मध्यनजर गर्दै विधागत रूपमा सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गरि चलचित्रको कथा लेखनदेखि छायांकनसम्मका प्रशिक्षणको कार्यक्रम आयोजना गरेर विभिन्न विधामा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएकोमा सबै सहभागीहरुलाई शुभकामना दिए ।

 

यसैगरी चलचित्र विकास बोर्डका सदस्य सचिव निर्मला चौलागाईले आदिवासी जनजाति लगायत अन्य संस्थालाई पनि बोर्डले साथ सहयोग गर्दै आएको र आगामी दिनमा पनि सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजलाई विकास बोर्डको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा सुकच संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवारले विशेष गरी सुनुवार समुदायमा सिनेमटोग्रीफीको आवश्यकता रहेकोले यस प्रशिक्षणबाट धेरैलाई ज्ञान प्राप्त भयो होला भन्ने आफुलाई विश्वस्त रहेको बताए । चलचित्र क्षेत्र आफैमा ठूलो उद्योग भएका कारण यस प्रशिक्षणबाट जतिपनि प्रशिक्षार्थीहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । जानजातिहरु छिमेकी राष्ट्रको भाषाबाट प्रभावित भएको गुनासो पोख्दै सुनुवारले आफ्नै जातिय भाषा प्रयोगमा नआएको बताउँदै पक्कै पनि अबको दिनमा जनजाति चलचित्रले आफ्नो भाषाको प्रबर्द्धन गरि सशक्त भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।

 

 

त्यसैगरी सुकच उपाध्यक्ष तथा कार्यक्रम समापनका सभापति लक्ष्मी सुनुवारले सुनुवार समुदायलाई मात्र नभएर सम्पूर्ण आदिवासी जनजातिहरुलाई मध्यनजर राख्दै यस्तो खालको प्रशिक्षण दिईएको बताए । सुकचले जहिल्यै पनि क्वान्टीटीमा हैन क्वालिटीमा विश्वास राख्दछ भन्दै यस्तै प्रशिक्षणको कार्यक्रमहरूले आगामी दिनमा पक्कै पनि ईतिहास रच्ने छ भन्नेमा आफु विश्वस्त रहेको बताए ।

 

सुकच महासचिव ईगी होपो सुनुवारले प्रशिक्षण कार्यक्रमलाई सफल पारिदिने प्रशिक्षकद्वय नकुल सुनुवार, सवनम मुखिया तथा सह-आयोजक चलचित्र विकास बोर्डलाई  विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खालको साथ सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए ।

 

 

कार्यक्रममा प्रशिक्षक नकुल सुनुवार, सुकच सदस्य सुजु सुनुवार, सुनुवार विद्यार्थी अध्यक्ष मनिषा सुनुवारले कार्यक्रम भव्य सफल भएकोमा प्रशिक्षित प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको भरपूर सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनको शुभकामना व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...