YouTube Link

‘छक्कापञ्जा ४’ भर्सेज ‘छड्के २’को महाभिडन्त

Facebook Link

 

काठमाडौं: दुई नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकैदिन रिलिज हुँदैछन् । फरक धारमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने चासो र चर्चा सिने बजारमा व्याप्त छ ।

 

‘छक्का पञ्जा ४’ कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र हो । यो समूहको अहिले ‘६ एकान ६’ देखि छक्कापञ्जाका ३ वटा सिक्वेल सबै सुपरहिट भएका छन् ।

 

चलचित्र ‘छड्के २’ चाहि ८ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल हो । सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीहरूको अभिनय रहेको छड्के व्यपारिक रूपमा भने सफल भएको थिएन । यद्यपि, फरक खालका चलचित्रमा रमाउने ‘क्वालिटी’ दर्शकहरूले चलचित्रलाई रूचाएका थिए ।

 

हिट चलचित्रको सिक्वेल नभएकाले ‘छड्के २’ को व्यापारिक सफलता सुपरस्टार नायक अनमोल केसीमा अत्यधिक निर्भर छ । अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनी थोरै चलचित्र खेल्ने, तर मिहिनेती नायक हुन् । अनमोलको युवापुस्तामा धेरै फ्यान फलोइङ भएकाले उनका चलचित्रले उच्च व्यापार गर्ने पक्काजस्तै हुन्छ ।

 

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकै दिन रिलिज हुनु चाहि दुर्भाग्यपूर्ण मान्छन् नेपाली चलचित्रका शुभेच्छुकहरूले दुवैले एक अर्कासँग इगो राखेर वा धेरै आत्मविश्वास देखाएर चलचित्र जुधाएको आरोप छ ।

 

‘छड्के २’ले पहिला फागुन १९ गते रिलिज डेट तय गरेको थियो र पछि छक्कापञ्जाले पनि यही मिति घोषणा गरेको हो । छक्का पञ्जा आएपछि छड्केले मिति सार्ने दीपकराज गिरीको आशा थियो, तर त्यस्तो भएन । अनमोल केसी विगतमा बिग बजेटको दक्षिण भारतीय चलचित्रसँग समेत भिड्न नडराएको नजिर छ । उनले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बहुचर्चित दक्षिण भारतीय फिल्मसँग जुध्नुपरेको थियो । यसका बाबजुद चलचित्रले नाफाको व्यापार गरेको थियो ।

 

यद्यपि यसपालि अनमोललाई बढी रिस्क छ । उनले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर गएर ग्याङ लिडरको भूमिका निभाएका छन् । लभरव्वाईका रूपमा बढी रूचाइएका अनमोललाई ग्याङस्टर अवतारमा दर्शकले कत्तिको रूचाउने हुन् यसै भन्न सकिन्न । यद्यपि उम्दा निर्देशक निगम श्रेष्ठले अनमोलको अभिनयमा धेरै निखार ल्याएको आशा राख्न सकिन्छ ।

 

एकै दिन रिलिज भएका दुई नेपाली चलचित्र एकसाथ हिट भएको रेकर्ड खासै छैन । यदि अब भयो भने त्यो सुखद अपवाद हुनेछ । तीन करोडभन्दा माथिको बजेटमा बनेको चलचित्रले लगानी उठाउन १० करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ । यदि दुवै चलचित्र सफल भए भने नेपालको फिल्म बजारले ठूलो फड्को मारेको मान्नुपर्नेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

वि.सं.२०८२ असोज २२ बुधवार १५:२१

काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...