नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३३औं वार्षिकोत्सव
वि.सं.२०७५ फागुन १४ मंगलवार १३:४८
1.7K
shares
काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसर पारेर ‘एनआईबीएल क्रमिक मुद्धती खाता’ शुभारम्भ गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको कुनैपनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्धती खाता खोल्न सक्ने छन् । हरेक महिना न्युनतम ३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छन् । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उद्देश्यले ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि बैंकले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको बताएको छ ।
३३औं वार्षिकोत्सवको अवसरमा एनआईबीएल भिसा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास व्याक अफर ३३ दिनका लागि प्रदान गरिने पनि बैंकले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको छ ।।
वि.सं.२०७५ फागुन १४ मंगलवार १३:४८




















