YouTube Link

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

Facebook Link

काठमाडौं: गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति भएको छ ।

 

यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड रहेको छ । कुल १ अर्ब रुपैयाँ आकारको यो योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुन लागेको नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो ।

 

प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ दरमा ५ करोड इकाई सार्वजनिक रूपमा निष्कासन गरिने बैंकले जनाएको छ । योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

 

गरिमा विकास बैंकका अनुसार ‘गरिमा सुवर्ण योजना’ ले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित, पारदर्शी र दीर्घकालीन लगानीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । विशेषगरी पुँजी बजारमा प्रत्यक्ष लगानी गर्न नसक्ने वा जोखिम कम गर्न चाहने लगानीकर्ताका लागि यो योजना उपयुक्त हुने बैंकको विश्वास छ ।

 

यसअघि गरिमा विकास बैंकको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटलको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...