YouTube Link

प्रभू बैंकले एकै वर्षमा साढे १० गुणाले बढायो नाफा

Facebook Link

काठमाडौः प्रभू बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले एकै वर्ष साढे १० गुणा बढाएको छ । बैंकले बुधबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

 

गत आवमा बैंकले ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९६५.४१ प्रतिशत अर्थात् १०.६५ गुणा बढी हो । गत आवमा बैंकले ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको छ । तर, यो अघिल्लो आवको तुलनामा ३९.४७ प्रतिशत कमी हो ।

 

कम्पनीको संचालन नाफा पनि ९९.४५ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्ला आवमा बैंकको यस्तो नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यसका आधारमा गत आवको मुनाफाबाट यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई ४.४४ प्रतिशत लाभांश दिन सक्नेछ । यस्तो नाफा अघिल्लो वर्ष ऋणात्मक थियो ।

 

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २३.१२ रुपैयाँ छ, जबकि अघिल्लो आवमा २.१७ रुपैयाँ मात्र थियो । यता, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ । हाल बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । बैंकको निक्षेप संकलन पनि १२.१९ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ४.२२ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ राखेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...