YouTube Link

ग्लोबल आइएमई बैंकको निक्षेप र कर्जामा दोहोरो अंकको बृद्धि

Facebook Link

काठमाडौः ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, गत आवमा बैंकको खुद नाफा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको हो । यो अघिल्लो आवको तुलनामा १.०९ प्रतिशत मात्र बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानीमा भने सानो गिरावट आएको छ । गत आवमा बैंकले १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.८५ प्रतिशत कम हो । त्यस्तै, सञ्चालन नाफा ८ अर्ब ७७ करोड ५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.०१ प्रतिशत कम हो ।

 

गत आवमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्त पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । जसको आधारमा बैंकले करिब १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनाएको छ । बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ । वित्तीय सूचकहरूमा, बैंकको प्रति सेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ । यद्यपि, खराब कर्जा (NPL) ४.८७ प्रतिशतमा बढेको देखिन्छ ।

 

बैंकको व्यवसायिक गतिविधिमा भने उल्लेखनीय वृद्धि भएको छ । निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ११.४६ प्रतिशत वृद्धि भई ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...