YouTube Link

विभिन्न कार्यक्रम गरि मनायो नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औँ वार्षिकोत्सव

Facebook Link

काठमाडौं: जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ । उक्त अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले देशको ७ वटै प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको विरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथ साथै सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । साथै उनले आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...