YouTube Link

१६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भृकुटीमण्डपमा हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: १६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ ।

 

६ दिनसम्म चल्ने मेलाका लागि अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।  प्रदर्शनीमा दुई पाङग्रे, तीन पाङग्रे, चार पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

 

प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’का आयोजकले जनाएको छ । नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

 

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

 

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको अवस्थामा नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ । आयोजकहरूले यस वर्षको प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढावा दिने मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेको छ ।

 

उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं उपभोक्ताहरूलाई यस नाडा अटो शोले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक टिमले जनाएको छ । नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

नाडा अटो शोमा विभिन्न साझेदारहरू छन् । हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ । त्यस्तै खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ । जसले टिकेटिङमा २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ । ८८ हिटको प्रा.लि. ८८ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...