YouTube Link

एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न अनुरोध

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

 

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल या मोबाइल बैंकिङ मार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैकले जनाएको छ ।

 

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।  एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...