YouTube Link

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

World Cup 2026
Facebook Link

 

काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् ।

 

यसमध्ये १७ वटा बाणिज्य बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर रहेको छ । चैतका लागि ब्याजदर बढाउने बैंक एनआईसी एसिया हो । सो बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशत र संस्थागत मुद्दतीमा १.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकमाथि विश्वास कम भएर पूँजी पलायन भएपछि संस्थागत निक्षेपकर्तालाई आकर्षित गर्न बैंकले ब्याजदर बढाएको देखिएको हो ।

 

आगामी महिनाका लागि व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । संस्थागतमा भने प्रभु बैंकले ब्याजदर स्थिर राख्दा ग्लोबल आईएमईले बढाएको छ । बाँकी १७ बैंकले भने चैत महिनाको लागि सबैजसो खाताको ब्याजदर घटाएका छन् ।

 

कृषि विकास बैंक

कृषि विकास बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.५१ प्रतिशत ब्याजदर तोक्दा साधारण बचत खाताको ब्याजदर ३ देखि ४.७५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ६.०१ प्रतिशत र संस्थागत मुद्दती खातामा ४.४४३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.३५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.८५ देखि ४.८५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.३५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

नेपाल बैंक

नेपाल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.४० देखि ५.४० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

एभरेष्ट बैंक

एभरेष्ट बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा सबै प्रकारका बचत खाताको ब्याजदर ३.७५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमइ बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.६ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.८५ देखि ४.८५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.६ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

प्रभु बैंक

प्रभु बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ६.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ७.५४८ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.६५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

हिमालयन बैंक

हिमालयन बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४ देखि ५.५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.१५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

कुमारी बैंक

कुमारी बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.५१ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७६ देखि ५.७६ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.०१ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ७.५० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५० देखि ५.५० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.५० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५० देखि ५.५० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

नबिल बैंक

नबिल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७५ देखि ५.७५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.७५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

सिटिजन्स बैंक

सिटिजन्स बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर तोक्दा साधारण बचत खाताको ब्याजदर ३.६५ देखि ५.६५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

एनएमबी बैंक

एनएमबी बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.९ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५ देखि ५.५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.४ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

सानिमा बैंक

सानिमा बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.४० देखि ५.४० प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.५१ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.२० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४.३० देखि ४.४४ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.१० प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७५ देखि ५.५० प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.७५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५ देखि ४.५५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.३५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...