चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२
1.8K
shares
काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् ।
यसमध्ये १७ वटा बाणिज्य बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर रहेको छ । चैतका लागि ब्याजदर बढाउने बैंक एनआईसी एसिया हो । सो बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशत र संस्थागत मुद्दतीमा १.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकमाथि विश्वास कम भएर पूँजी पलायन भएपछि संस्थागत निक्षेपकर्तालाई आकर्षित गर्न बैंकले ब्याजदर बढाएको देखिएको हो ।
आगामी महिनाका लागि व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । संस्थागतमा भने प्रभु बैंकले ब्याजदर स्थिर राख्दा ग्लोबल आईएमईले बढाएको छ । बाँकी १७ बैंकले भने चैत महिनाको लागि सबैजसो खाताको ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंकः
कृषि विकास बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.५१ प्रतिशत ब्याजदर तोक्दा साधारण बचत खाताको ब्याजदर ३ देखि ४.७५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ६.०१ प्रतिशत र संस्थागत मुद्दती खातामा ४.४४३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकः
राष्ट्रिय वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.३५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.८५ देखि ४.८५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.३५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल बैंकः
नेपाल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.४० देखि ५.४० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंकः
एभरेष्ट बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा सबै प्रकारका बचत खाताको ब्याजदर ३.७५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
ग्लोबल आईएमई बैंकः
ग्लोबल आईएमइ बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.६ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.८५ देखि ४.८५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.६ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
प्रभु बैंकः
प्रभु बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ६.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनआईसी एसिया बैंकः
एनआईसी एसिया बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ७.५४८ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.६५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
हिमालयन बैंकः
हिमालयन बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४ देखि ५.५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.१५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
कुमारी बैंकः
कुमारी बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.५१ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७६ देखि ५.७६ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.०१ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
लक्ष्मी सनराइज बैंकः
लक्ष्मी सनराइज बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ७.५० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५० देखि ५.५० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
माछापुच्छ्रे बैंकः
माछापुच्छ्रे बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.५० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५० देखि ५.५० प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नबिल बैंकः
नबिल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७५ देखि ५.७५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.७५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
सिटिजन्स बैंकः
सिटिजन्स बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर तोक्दा साधारण बचत खाताको ब्याजदर ३.६५ देखि ५.६५ प्रतिशतसम्म कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंकः
एनएमबी बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.९ देखि ५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.५ प्रतिशत र संस्थागत मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
प्राइम कमर्शियल बैंकः
प्राइम कमर्शियल बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५ देखि ५.५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.४ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
सानिमा बैंकः
सानिमा बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.२५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.४० देखि ५.४० प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.५१ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल एसबीआई बैंकः
नेपाल एसबीआई बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ५.२० प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ४.३० देखि ४.४४ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८.१० प्रतिशत र संस्थागत मुद्दती खातामा ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
सिद्धार्थ बैंकः
सिद्धार्थ बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ६.५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.७५ देखि ५.५० प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकः
स्ट्यान्डर्ड चार्टर्ड बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ४.७५ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.५ देखि ४.५५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ७.३५ प्रतिशत र संस्थागत मुद्दती खातामा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२