Rajshow Bivag

निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न

Departmant of helth services

 

काठमाडौं: निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका प्रवन्ध निर्देशक प्रकाश दुमी राईको सभापतित्व तथा कानुनी सल्लहाकार ठाकुर आचार्यको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

 

संस्थाको १३औं वार्षिक साधारण सभामा संस्थाको कुल आय-ब्यय, नाफा-घाटा लगायतको सम्पूर्ण विवरण सहित आर्थिक प्रतिवेदनको सारांस सहित संस्थाको भावी योजना प्रस्तुत गरिएको थियो ।

 

 

प्रस्तुत प्रतिवेदनमा संस्थाको आर्थिक वर्ष ०७९/८० मा शेयर पुँजी एक करोड ११ लाख ६७ हजार ६७ पैसा पुगेको छ । गत आर्थिक वर्षमा शेयर पुँजी चार करोड ६३ लाख ९२ हजार २७८ दशमलव ९० पैसा रहेको थियो । निक्षेप तर्फ आर्थिक वर्ष ०७९/८० को अन्त्यमा संस्थाको कुल निक्षेप एक करोड २० लाख ७२ हजार ५४४ दशमलव ७७ पैसा रहेको छ भने गत वर्षको आर्थिक वर्षमा एक करोड ९८ लाख ५६ हजार ६४२ दशमलव ०६ पैसा रहेको थियो ।

 

 

त्यस्तै संस्थाको कर्जा लगानी तथा असुली तर्फ आर्थिक वर्ष ०७९/८० को अन्त्यमा कुल कर्जा दुई करोड ३९ लाख ८६ हजार ६६९ दशमलव ७० पैसा कर्जा लगानी गरी ८६ लाख ६६ हजार ९८७ दशमलव ४४ पैसा असुल गरेको छ । संस्थाले आर्थिक वर्ष ०७९/८० मा विभिन्न शिर्षक अन्तर्गत पाँच लाख ८० हजार १५२ दशमलव ०७ पैसा नेपाल सरकारलाई राजश्व बुझाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा संस्थाले दुई करोड ५० लाख निक्षेप संकलन गर्ने लक्ष्य राखेको छ भने यसै आर्थिक वर्षमा तीन करोड शेयर पूँजी पुर्याउने र चार करोड कर्जा लगानी गर्ने लक्ष्य रहेको छ ।

 

 

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक प्रकाश दुमी राईले स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे । साधारण सभामा प्रमुख अतिथिको रुपमा कानुनी सल्लाहकार तथा अधिवक्ता ठाकुरप्रसाद आचार्यले संस्था कानुनी बाधा अड्चनबारे खुलेर संस्थाको उत्तरोत्तर प्रगतिको शुभ-कामना दिए । साधारण सभाको कार्यक्रम भवी राईले सञ्चालन गरेका थिए ।

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...