Texas College
YouTube Link

निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न

Facebook Link

 

काठमाडौं: निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका प्रवन्ध निर्देशक प्रकाश दुमी राईको सभापतित्व तथा कानुनी सल्लहाकार ठाकुर आचार्यको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

 

संस्थाको १३औं वार्षिक साधारण सभामा संस्थाको कुल आय-ब्यय, नाफा-घाटा लगायतको सम्पूर्ण विवरण सहित आर्थिक प्रतिवेदनको सारांस सहित संस्थाको भावी योजना प्रस्तुत गरिएको थियो ।

 

 

प्रस्तुत प्रतिवेदनमा संस्थाको आर्थिक वर्ष ०७९/८० मा शेयर पुँजी एक करोड ११ लाख ६७ हजार ६७ पैसा पुगेको छ । गत आर्थिक वर्षमा शेयर पुँजी चार करोड ६३ लाख ९२ हजार २७८ दशमलव ९० पैसा रहेको थियो । निक्षेप तर्फ आर्थिक वर्ष ०७९/८० को अन्त्यमा संस्थाको कुल निक्षेप एक करोड २० लाख ७२ हजार ५४४ दशमलव ७७ पैसा रहेको छ भने गत वर्षको आर्थिक वर्षमा एक करोड ९८ लाख ५६ हजार ६४२ दशमलव ०६ पैसा रहेको थियो ।

 

 

त्यस्तै संस्थाको कर्जा लगानी तथा असुली तर्फ आर्थिक वर्ष ०७९/८० को अन्त्यमा कुल कर्जा दुई करोड ३९ लाख ८६ हजार ६६९ दशमलव ७० पैसा कर्जा लगानी गरी ८६ लाख ६६ हजार ९८७ दशमलव ४४ पैसा असुल गरेको छ । संस्थाले आर्थिक वर्ष ०७९/८० मा विभिन्न शिर्षक अन्तर्गत पाँच लाख ८० हजार १५२ दशमलव ०७ पैसा नेपाल सरकारलाई राजश्व बुझाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा संस्थाले दुई करोड ५० लाख निक्षेप संकलन गर्ने लक्ष्य राखेको छ भने यसै आर्थिक वर्षमा तीन करोड शेयर पूँजी पुर्याउने र चार करोड कर्जा लगानी गर्ने लक्ष्य रहेको छ ।

 

 

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक प्रकाश दुमी राईले स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे । साधारण सभामा प्रमुख अतिथिको रुपमा कानुनी सल्लाहकार तथा अधिवक्ता ठाकुरप्रसाद आचार्यले संस्था कानुनी बाधा अड्चनबारे खुलेर संस्थाको उत्तरोत्तर प्रगतिको शुभ-कामना दिए । साधारण सभाको कार्यक्रम भवी राईले सञ्चालन गरेका थिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...