शुक्रबार र शनिबार प्रभु बैंकको बैंकिङ सेवा नचल्ने
वि.सं.२०८० भदौ १ शुक्रवार १५:१४
1.9K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडको शुक्रबार साँझदेखि शनिबारसम्म सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनको लागि आज शुक्रबार साँझ ५ बजेदेखि शनिबार राती १० बजेसम्म बैंकको सेवा नचल्ने भएको हो । जसमा एटिएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने बैंकले जनाएको छ ।
वि.सं.२०८० भदौ १ शुक्रवार १५:१४



















