एनआईसी बैंकद्वारा जेष्ठ नागरिकलाई एलईडी टिभी सहयोग
वि.सं.२०७६ साउन १५ बुधवार १५:०४
924
sharesकाठमाडौं: एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमकाबीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
एनआईसी एशिया बैंकले गरेको सहयोगले केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । हाल बैंकको मुलुकभर २ सय ९३ शाखा कार्यालयहरु, ३ सय १९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
वि.सं.२०७६ साउन १५ बुधवार १५:०४