Health Ad
YouTube Link

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न

Khanepani Dhal
Facebook Link

काठमाडौं: हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (DDA) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ ।

प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ । विशेष साधारण सभामा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।

नेपाल सरकारले ल्याएको ठूला बैंकहरुलाई मर्जर गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताउँदैं उनले बैंक मर्जरमा जाँदा बैंकका शेयरधनी तथा आम ग्राहकको हितलाई केन्द्रमा राखिएको समेत बताए । हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कूल निक्षेप रु. १२५ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११४ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या करिब ११ लाख पुग्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०

काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ...

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...