४४ हजार कित्ता संस्थापक सेयर लिलाम गर्दै एनएमबी बैंक
वि.सं.२०७९ मंसिर १९ सोमवार १३:२५
2K
shares
काठमाडौं: एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोल मार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनीहरूले किन्न सक्नेछन् । इच्छुक खरिदकर्ताले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले पनि यो सेयर किन्न सक्नेछन् ।
मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने बैंकको सेयर आगामी पुस ४ गतेसम्म जारी रहनेछ । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
वि.सं.२०७९ मंसिर १९ सोमवार १३:२५




















