YouTube Link

नेपाल राष्ट्र बैंकले दियो प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति

Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको भदौ १५ गतेको सञ्चालक समितिको बैठकले प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्तीका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच साउन १५ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्राप्ती सम्बन्धी सम्झौता गरेसँगै नेप्सेले सेञ्चुरी बैंकको मात्र शेयर कारोबार साउन १६ गतेदेखि रोक्का राखेको छ । यी दुई बैंकबीच एक बराबर एक शेयर आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ती सम्बन्धी सम्झौता भएको थियो ।

प्राप्तीका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा भई एकिकृत कारोबार पश्चात सेञ्चुरी बैंकका शेयरधनीहरूले प्रभु बैंकको नामबाट शेयर कारोबार गर्न पाउनेछन् ।

हाल प्रभु बैंकको चुक्ता पूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको छ ।

यी दुई बैंक एक भएपश्चात् चुक्तापूँजी रू. २२ अर्ब २६ करोड २६ लाख १३ हजार पुग्नेछ । प्रभु बैंकले समान हैसियतमा सेञ्चुरी बैंकलाई प्राप्ती गर्न लागेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...