कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०७९ भदौ २० सोमवार १८:३८
3.7K
shares
काठमाडौं: कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा अध्यक्ष विकास खनालको सभापतित्वमा सम्पन्न भएको हो ।
साधारणसभाबाट कम्पनीको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचीहरु सभाबाट पारित गरिएको छ ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ४० करोडको ५ प्रतिशतले हुन आउने रु. दुई करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
कम्पनीका अध्यक्ष खनालले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पहुँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाउले प्रतिवद्धता व्यक्त गर्दै शेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनहरुमा अझ बढी सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
वि.सं.२०७९ भदौ २० सोमवार १८:३८



















