कोरोना बीमाको एक अर्ब रुपैयाँ एक हप्ताभित्र निकासा हुन्छ: अध्यक्ष सिलवाल
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:०९
2.7K
shares
काठमाडौं: बीमा समितिले कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ तत्काल निकास हुने जानकारी दिएको छ ।
सोमबार राजधानीमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले अबको एक सातामा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताए ।
अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको दाबी भुक्तानी हुन्छ, अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ । एक हप्ता भित्र एक अर्ब निकासा हुन्छ ।’ तर, कोरोना बीमा बापत बीमितहरुलाई करिब ७ अर्ब रुपैयाँ सरकारले भुक्तानी दिन बाँकी छ ।
पुनर्बीमा बापत करिब तीन अर्ब रुपैयाँ विदेशी कम्पनीबाट लिन बाकी रहेको र सरकारले स्रोतको व्यवस्थापन गरिरहेकाले बाकी भुक्तानी समेत छिट्टै हुने अध्यक्ष सिलवालले बताए ।
बीमा समितिले सातवटै प्रदेशमा एकएक वटा लघु बीमा रहने गरि ३ वटा जीवन लघु बीमा र ४ वटा निर्जीवन लघु बीमाको लाइसेन्स खुलाएको छ । यस्तो लघु बीमाको लाइसेन्सका लागि न्यूनतम ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:०९




















