निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:००
1.8K
shares
काठमाडौं: गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
कोरोना महामारी पछि बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको र ग्राहकले कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा यो योजना प्रभावकारी बन्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:००



















