YouTube Link

विभिन्न २१ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

Facebook Link

 

काठमाडौं: विभिन्न २१ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

त्यस्तै, यस अवधिमा वित्तीय व्विरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा स्ट्टाण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, एनएमबी बैंक, प्राइम कमर्शियल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

 

वितरणयोग्य नाफा कति ? 

सिटिजन्स बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

 

एनआईसी एशिया बैंकः

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढी भएको हो ।

 

अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो । सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।

 

ग्लोबल आइएमई बैंकः

एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

 

अघिल्लो वर्षको तलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ ।

 

प्रभु बैकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ । यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ ।

 

माछापुच्छ्रे बैंकः

माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

 

सानिमा बैंकः

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

 

लक्ष्मी बैंकः

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

 

सनराइज बैंकः

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

 

नेपाल क्रेडिट एण्ड कमर्स बैंकः

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५२ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ४७ करोडभन्दा बढी छ ।

 

नेपाल इन्भेष्टमेण्ट बैंकः

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४ दशमलव ८३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा रू. ३ अर्ब ५५ करोडभन्दा बढी मात्र थियो । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ ।

 

स्ट्याण्डर्ड चार्टर्ड बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२ दशमलव २७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ३९ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ ।

 

एभरेष्ट बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

 

हिमालयन बैंकः

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा १७ दशमलव २२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ९९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ६६ करोडभन्दा बढी रहेको छ ।

 

प्राइम कमर्सियल बैंकः

प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा १२.६३ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी  बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

 

कुमारी बैंकः

कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा  क्रमश २५.६७ प्रतिशत र ४.४७ प्रतिशतले बढाएर नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

 

कृषि विकास बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफा करिब २४ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष भने रू. २ अर्ब ६९ करोडभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब ९० करोडभन्दा बढी रहेको छ ।

 

एनएमबि बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले रू. ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६ दशमलव ५३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ७१ करोडभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ ।

 

नबिल बैंकः

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू. ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा ९ दशमलव ८३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकः

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।

 

नेपाल एसबिआई बैंकः

नेपाल एसबिआई बैंक लिमिटेडले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

सिद्धार्थ बैंकः

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...