नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर नबढाउने
वि.सं.२०७९ साउन २० शुक्रवार १७:३१
3.4K
shares
काठमाडौं: नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर नबढाउने भएको छ । संघको आज बसेको बैठकले साउन महिनाको बीचबाट ब्याजर बढाउने वा घटाउने गर्ने निर्णय भएको संघका अध्यक्ष अनिलकुमार उपाध्ययले जानकारी दिए ।
उनले भने, ‘राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्थालाई आधार मानेर व्याजदर परिवर्तन गर्न पाइन्छ ।’ निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता भएता पनि महिनाको बीचबाट ब्याजदर नबढाउने निर्णय भएको उनले जानकारी दिए ।
राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्ययले भने, ‘अर्को महिनादेखि भने ब्याजदर बढाउदा वा घटाउँदा महिनाको अन्तिम वा शुरुबाट लागू गर्ने निर्णय भएको छ ।’
वि.सं.२०७९ साउन २० शुक्रवार १७:३१




















