Texas College
YouTube Link

पूँजी बृद्धि गर्नका लागि १९ बीमा कम्पनीले रोजे मर्जरको बाटो

Facebook Link

 

काठमाडौं: बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुँजीवृद्धिका लागि बीमा कम्पनीहरु धमाधम मर्जरको बाटो रोजेका छन् ।

 

असार मसान्तसम्म १९ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान सैद्धान्तिक सहमति गरिसकेका छन् । केही बीमा कम्पनीले त एकिकृत कारोबार पनि शुरु गरिसकेका छन् ।

 

बीमा समितिले दिएको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आउदो चैत मसान्तसम्ममा ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।

 

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ । पुँजीवृद्धि गर्न मर्जरको बाटो रोजेका बीमा कम्पनीहरु बाहेक अझै १६ वटा बीमा कम्पनीहरुले कसरी पुँजी वृद्धि गर्छन् भन्नेबारे अन्योल अझै पनि छ ।

 

समितिले तोकेको चुक्तापुँजी जीवन बीमा तर्फ नेपाल लाइफको मात्रै पुगेको छ । यस कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । तोकिएको चुक्तापुँजी पुर्याउनका लागि ९ वटा जीवन बीमा कम्पनीहरुले मर्जर सम्झौता गरिसको छन् ।

 

यता युनियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ, प्राइम लाइफ, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका हुन् ।

 

त्यस्तै, रिलायन्स र सानिमा लाइफ सहित आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका छन् । प्रभु र महालक्ष्मी लाइफले पनि मर्जर सम्झौता गरिसकेका छन् ।

 

अझै केहि जीवन बीमा कम्पनीहरुले हाल तोकेको चुक्तापुँजी पुर्याउन धेरै नै थप्नुपर्ने देखिन्छ । समितिले तोकेको चुक्ता पुँजी पुर्याउने नसक्ने जीवन बीमा कम्पनीहरुमा युनियन लाइफ इन्स्योरेन्स, गुँरास, प्राइम, सूर्यालाईफ, ज्योति लाईफ, रिलायन्स, सानिमा, प्रभु र महालक्ष्मी एशियन, लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, सिटिजन, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

 

एशियन लाइफ इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी वृद्धिका लागि उक्त कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले समितिले तोकेको पुँजी वृद्धिका लागि २ अर्ब ७८ करोड रूपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

 

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसार उक्त कम्पनीले ९६ करोड ४८ लाख रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ उक्त कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

 

त्यस्तै, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसारको चुक्ता पुँजीका लागि ३ अर्ब ६० करोड रुपैयाँ पुँजी  थप गनुपर्नेछ ।

 

राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । समितिले तोके अनुरुपको पुँजी वृद्धिका लागि कम्पनीले अझै ४ अर्ब ८१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ ।

 

तर, यस कम्पनीको तत्काल पुँजीवृद्धि गर्न नसक्ने देखिएको हो ।

 

यता निर्जीवन तर्फका ८ कम्पनीहरुको समितिले तोके अनुसारको चुक्तापुँजी पुगेको छैन । निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स ३० प्रतिशत हकप्रद शेयर जारी गरेर बीमा समितिले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको छ ।

 

हाल शिखर इन्स्योरेन्सको चुक्तापँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । पुँजी वृद्धिको लागि मर्जरमा नगएका निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

 

समितिले तोकेको पुँजी वृद्धिका लागि कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, नेको इन्स्योरेन्सले ७५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

 

समितिका अनुसार एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ ।

 

त्यस्तै, समितिले तोके अनुसार पुँजी वृद्धिका लागि प्रुडेन्सियल कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

 

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ हाल उक्त कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

 

समितिका अनुसार मर्जरको लागि प्रारम्भिक सम्झौता गरेका निर्जीवन बीमा कम्पनीहरुमा  हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले मर्जरको सम्झौता गरेका हुन् ।

 

त्यसैगरी, प्रभु र अजोड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि मर्जरमा जान सम्झौता गरेका गरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...