YouTube Link

सिंहदरबारले खेलकुद बुझेन: मन्त्री गहतराज

Facebook Link

 

काठमाडौं: युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सिंहदरबारले खेलकुद नबुझेको बताएका छन् । १९औं एशियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।

 

मन्त्री गहतराजले खेल एक विज्ञान भएको बताउँदै खेल शिक्षामा परिवर्तन गर्दै स्कुल स्तरबाटनै खेलकुदलाई विकास गर्नु पर्ने आवश्कता रहेको र सिंहदरवारलाई खेल बुझाउनुपर्ने बताए ।

 

मन्त्री गहतराजले खेल विश्वबिद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ मन्त्रालय अघि बढेको बताए । खेल विकासका लागि सातै प्रदेशमा अन्तराष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडी बढेको र भएका पूर्वाधारलाई प्रार्थमिकताका साथ अगाडी बढाउने लक्ष्य रहेको समेत मन्त्री गहतराजले बताए ।

 

कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एशियाली खेलकुदमा अहिले सम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजा तर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भिर भएर लाग्नु पर्ने बताए ।

 

मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

 

परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने क्रममा हरेक बिजयहरु थकाई मार्नका मात्र होईन नयाँ उचाई लिनका लागि पनि हो । यस पुनतार्जगी कार्यक्रमले खेलाडीहरुलाई अझ खारिएर अगाडी बढाउन सक्षम हुने भन्दै परिषदले सोचेको परिणाम खेलाडीहरुले दिनेमा बिश्वस्त रहेको बताए । उनले खेलाडीहरुलाई पदक हासिल गरेर यो भन्दा भब्य कार्यक्रममा सरिक भएको हेर्न चाहेको बताए ।

 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एशियन गेममा नेपाली खेलाडीहरुले सुन्दर परिणाम प्राप्त गर्नेमा बिस्वस्त रहेको बताए ।

 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले नेपाली खेलाडीहरु हरेक समय सेना जस्तै तयारी अवस्थामा रहनु पर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु भएको बताए ।

 

 

उनले एशियन गेमका लागि अझै १ बर्ष बढि बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भन्दै खेलाडी त्यसका लागि सदा तयार रहनु पर्ने बताए । खेलाडीहरुले १४ महिना नभई १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षमा लाग्नु पर्ने उनले बताए ।

 

उनले एशियाली खेलकुदका लागि यो छनौटनै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनौट पार गरेर एशियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने बताए ।

 

विभिन्न अन्तराष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनोट गरिने र निरन्तर प्रशिक्षण संचालन हुने बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...