YouTube Link

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक तेहेरो अंकले बढ्यो

Facebook Link

 

काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ ।

 

नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो ।

 

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ ।

 

नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।

 

कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ ।

 

अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

 

दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् ।

 

जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ ।

 

कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मात्रै मूल्य घटेको छ ।

 

बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ ।

 

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम् १० प्रतिशत नै बढेर बन्द भएको छ ।

 

जसमा पहिलो नम्बरमा एशियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

 

दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६२१ दशमलव ५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

 

धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फण्ड, प्राइम कमर्सीयल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फण्ड लगायत देखिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...