YouTube Link

ओखलढुङ्गा र रामेछापका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्रीन भेन्चर्सको आइपिओ खुला

World Cup 2026
Facebook Link

 

काठमाडौं: ग्रीन भेन्चर्स लिमिटेडले ओखलढुङ्गा र रामेछापका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।

 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गरेको हो ।

 

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

 

सार्वजनिक आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

 

कम्पनीले हाल ओखलढुङ्गाको खिजिदेम्बाको वडा नं १ र ३ तथा रामेछापको उमाकुण्डको वडा नं ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ ।

 

कम्पनीले आयोजना निर्माणको कुल अनूमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ ।

 

स्थानियले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनिको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।

 

रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...