कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
वि.सं.२०७८ पुस २४ शनिवार १६:४६
1.7K
shares
काठमाडौं: नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँ पोखरामा वडा अध्यक्ष शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिज्यूहरु, स्थानीयहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७८ पुस २४ शनिवार १६:४६



















