Texas College
YouTube Link

एनसीसी बैंकले बोलायो २४औं वार्षिक साधारणसभा

Facebook Link

 

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारणसभा बोलाएको छ ।

 

बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठले बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजारमा पुस २९ गते विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 

कोभिडको जोखिमलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमाबाट गर्ने तयारी बैंकले गरेको हो ।

 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

 

यस वर्षका लागि प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

 

बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

हाल बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ ।

 

यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष बैंकले १० दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

यी प्रस्तावहरुसँगै बैंकले बोनस शेयरपश्चात पूँजी बृद्धि हुने हुदाँ सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

 

बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुग्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीको विषयमा पनि सभामा छलफल हुनेछ ।

 

सो प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

 

साधारण सभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने बैंकले जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...