सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने
वि.सं.२०७७ चैत २१ शनिवार १२:३५
1.5K
shares
काठमाडौं: सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ ।
आगामी शुक्रबार आईपीओ बाँडफाँड गर्नेगरी काम भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
मेगा क्यापिटलका अनुसार अहिले आवेदकहरुको भेरिफाई भइरहेको छ भने आगामी मंगलबार प्रि अलोटमेन्ट हुनेछ ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९ सय आवेदकले २ करोड ४७ लाख ६७ हजार ८ सय ५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ ।
सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ ।
सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख ६९ हजार ७ सय आवेदकले सेयर पाउनेछन् ।
बाँकी रहेका साढे १३ लाखभन्दा बढीको हात खाली हुने कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
मोफसलकै चर्चित आहा रारा गोल्डकप फुटबलको १९औं संस्करण आजबाट सुरु
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै
नेपाली कांग्रेसद्वारा ओलीको राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय
वि.सं.२०७७ चैत २१ शनिवार १२:३५




















