YouTube Link

यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ् पासमार्फत् थप सहुलियत दिने

Facebook Link

काठमाडौं:  यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ् पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने भएको हो ।

 

जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले रु. ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्ने यती एअरलाइन्सले जनाएको छ ।

 

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो ।

 

उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार प्राप्त गर्नेछन् ।

 

सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योअर कोड अप्सनमा गई ग्यापुयति १०० लेख्नुपर्छ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्सेल ट्रिप २०० कोड राख्नुपर्नेछ । यससँगै आजैदेखी यती एअरलाईन्सको वोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारी मुलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ ।

 

यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतिले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको एअरलाइन्सले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

सनराइज बैंकको ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवा सुरु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...