YouTube Link

बैंक अफ काठमाण्डूले दुई कम्पनीको संस्थापक शेयर बाँडफाँट

Facebook Link

काठमाडौं:  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर विक्री पश्चात बाँडफाँट गरेको छ । बैंकले चैत १० गते बाँडफाँट गरेको हो ।

 

बैंकले माघ २७ गतेदेखि चैत ३ गतेसम्म यी दुई कम्पनीको संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरी बाँडफाँट गरेको हो । आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो ।

बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्य बढी रकम अंकित गर्नेलाई छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२० कित्ता शेयर बाँडफाँट गरेको जनाएको छ ।

 

आरएमडिसी लघुवित्तको संस्थापक समूहमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा बढी रकम अर्थात रू. ५५० सम्म बोलकबोल गर्ने र छिमेक लघुवित्तको प्रतिकित्ता रू. ६०१ दशमलव ७५ देखि ८५१ मूल्यसम्म बोलकबोल गर्ने आवेदनहरुमा माग बमोजिम शेयर बाँडफाँट गरिएको बैंकले सुचना मार्फत जानकारी दिएको छ ।

 

बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको हकमा प्रतिकित्ता रू. ६०० तोकेर विक्री खुला गरेको थियो । बाँडफाँटमा नपरेको रकम बैंकले चैत १२ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै फिर्ता भुक्तानी गरिने जनाएको छ ।

यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् :

नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायीबिच साझेदारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...