YouTube Link

बैंक अफ काठमाण्डूले दुई कम्पनीको संस्थापक शेयर बाँडफाँट

Facebook Link

काठमाडौं:  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर विक्री पश्चात बाँडफाँट गरेको छ । बैंकले चैत १० गते बाँडफाँट गरेको हो ।

 

बैंकले माघ २७ गतेदेखि चैत ३ गतेसम्म यी दुई कम्पनीको संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरी बाँडफाँट गरेको हो । आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो ।

बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्य बढी रकम अंकित गर्नेलाई छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२० कित्ता शेयर बाँडफाँट गरेको जनाएको छ ।

 

आरएमडिसी लघुवित्तको संस्थापक समूहमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा बढी रकम अर्थात रू. ५५० सम्म बोलकबोल गर्ने र छिमेक लघुवित्तको प्रतिकित्ता रू. ६०१ दशमलव ७५ देखि ८५१ मूल्यसम्म बोलकबोल गर्ने आवेदनहरुमा माग बमोजिम शेयर बाँडफाँट गरिएको बैंकले सुचना मार्फत जानकारी दिएको छ ।

 

बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको हकमा प्रतिकित्ता रू. ६०० तोकेर विक्री खुला गरेको थियो । बाँडफाँटमा नपरेको रकम बैंकले चैत १२ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै फिर्ता भुक्तानी गरिने जनाएको छ ।

यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् :

नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायीबिच साझेदारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...