महालक्ष्मी विकास बैंकले डा. नबराज लम्साललाई सम्मानित गर्यो
वि.सं.२०७७ चैत २ सोमवार १४:५९
1.9K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति २०७७ फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले ५१ हजार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरेका हुन् । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदर स्वरुप उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
यो पनि पढ्नुहोस् :
पोखराका ३ स्थानमा माछापुच्छ्रे बैंकले क्युआर कोड सञ्चालन
वि.सं.२०७७ चैत २ सोमवार १४:५९



















