YouTube Link

व्यवसायीसँग सुझाव माग्दै बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय

Facebook Link

काठमाडौं: आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट तयारीको लागि व्यवसायीसँग सुझाव माग्दै अर्थ मन्त्रालय तयारीमा जुटेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा समेट्नु पर्ने विषय वस्तुका सम्बन्धमा राय, सल्लाह सुझावका लागि अर्थ मन्त्रालयले उद्यमी व्यवसायीहरू इमेल पठाएको छ ।

हजार भन्दा उद्योगी तथा व्यावसायिक घरानालाई बजेटका लागि राय, सल्लाह र सुझाव लिन उद्यमी व्यवसायीलाई मेन्सन गरेर इमेल पठाएको हो ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण शुरु गरेसँगै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई इमेलमार्फत सुझाव पठाउन भनेको अर्थ मन्त्रालयले बताएको छ ।

उद्यमी व्यवसायीहरूले पठाएका रायसुझावलाई थप विश्लेषण गरेर बजेटमा समावेश गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

बजेट कै लागि स्रोत व्यवस्थापनका लागि अहिले देशभर नेपाल राजस्व परामर्श समितिले सल्लाह सुझाव दिइरहेको छ भने अर्थ मन्त्रालयले पनि समेट्नुपर्ने विषय लेखेर पठाउन व्यावसायिक घरानालाई अर्थ मन्त्रालयले इमेल पठाएको छ ।

अर्थले अहिले भइरहेको समस्या र त्यसको समाधानको उपाय समेत लेखेर पठाउन सम्पूर्ण व्यावसायिक घराना र उद्योगीलाई इमेल पठाएको हो ।

विशेष गरी उद्यमी व्यवसायीहरूले कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार दर, सन्दर्भ मूल्य, दोहोरो भ्याटदर (मूल्य अभिवृद्धि कर) का विषयलाई लिएर आवाज उठाउँदै आएका थिए ।

सरकारले कतिपय कच्चा पदार्थ र तयारी वस्तुको भन्सार महसुलमा एक तह फरक बनाए पनि सबै वस्तुमा लागू नभएको, व्यवसायीहरूले भन्सार विभागले बजार मूल्यका आधारमा सन्दर्भ मूल्यसूची तयार पारेर महसुल लिने गरेकालगायत दोहोरा भ्याट दर हुनुपर्ने माग राख्दै आएका छन् ।

भन्सार प्रणालीका धेरै जस्तो काम अनलाइन सिष्टमबाट गरिने भएपनि न्यूनवीजीकरण भएर सामान भित्र्याउने तथा एक वस्तु भनेर अर्को वस्तु आयात गर्ने काम नरोकिएको अर्थको ठम्याइ छ ।

यी सबै बेथितिलाई रोक्न सरकारी संयन्त्रले अझै काम गर्नुपर्ने देखिएकोले अर्थले उद्यमी व्यवसायीसँग राय, सल्लाह तथा सुझाव माग गरेको हो ।

अर्थले उद्यमी व्यवसायीसँग राय, सल्लाह सुझाव माग गर्नुअघि नै पूर्व अर्थ सचिवहरूसँग मन्त्रालयमै बोलाएर बजेटका विषयमा सल्लाह सुझाब लिएको थियो ।

पूर्वअर्थ सचिवहरुले कोभिड महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुर्नउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका थिए ।

अर्थले मन्त्रालयले सहसचिव डा.रामप्रसाद घिमिरेको संयोजकत्वमा बजेट लेखन समिति नै बनाएको छ ।

अर्थले घिमिरेको नेतृत्वमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा र सुमन दाहाल बजेट लेखन समितिमा रहेका छन् ।

सो समितिमा उद्योगी तथा व्यावसायिक घरानाले पठाएको उचित सुझाव तथा समस्यालाई सम्बोधन गर्ने तयारी अर्थ मन्त्रालयले गरेको हो ।

नयाँ बजेटका राष्ट्रिय योजना आयोगले सबै मन्त्रालय, निकाय तथा आयोगलाई बजेट सिलिङको प्रस्ताव समेत पठाइसकेको छ ।

सरकारले आयात गरेर सामान बेच्नेलाई भन्दा पनि देशभित्रै उत्पादन बढाएर रोजगारी सिर्जना गर्नेलाई संरक्षण गर्ने बताइरहेको छ ।

चालू आवको बजेटमा निजीक्षेत्रले राहत तथा पुनरुत्थानका लागि ठूलो अपेक्षा गरेता पनि बजेटले उनीहरूलाई निराश बनाएको थियो ।

आगामी बजेटमा भने यस्ता व्यवसायीका लागि विशेष व्यवस्था गर्न सरकारले पहल गर्ने बुझिएको छ ।

संविधानले नै हरेक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।

आइपीओ जारीको अनुमति माग्दै ३ कम्पनीले दिए नेपाल धितोपत्र बोर्डमा आवेदन, कुनको कति कित्ता आउँदै ?
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...