प्रभु बैंकले तालबाराही मन्दिर गुठीलाई ‘क्यूआर’ कोड हस्तान्तरण
वि.सं.२०७७ फागुन २१ शुक्रवार १७:३२
1.7K
shares
काठमाडौं: प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई ‘क्यूआर’ कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले बैंकले ‘क्यूआर’ कोड हस्तान्तरण गरेको हो ।
फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा फागुन २१ गते एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ‘क्यूआर’ कोड हस्तान्तर गर्नु भएको छ ।
यो सुविधासंगै मन्दिरमा भक्तजनले आफ्नो मोबाईल बैंकिङ् एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।
यो पनि पढ्नुहोस् :
मुक्तिनाथ विकास बैंकले सिद्धार्थ ग्रुपसँग सम्झौता
वि.सं.२०७७ फागुन २१ शुक्रवार १७:३२



















