नेपाल इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को लाभांश प्रस्ताव
वि.सं.२०७७ पुस ५ आइतवार १७:०८
1.3K
shares
काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतवार बिहान ९:०० बजे बसेको सञ्चालक समितिको ५४० औं बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस ५ आइतवार १७:०८



















