मन प्रफुल्लित रहने खालको दिन छ, शुभ समाचार आउन सक्छ, कर्मयोगीहरुको लागि महत्वाकांक्षा पूरा हुने तथा आय आम्दानीमा वृद्धि हुने खालको दिन छ, व्यापारमा पर्याप्त लाभ, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिलावर्गबाट लाभ अथवा स्त्री सुखमा समय बित्न सक्नेछ । निवेशको लागि समय राम्रो छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन शुभरहने छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । उत्तम स्वास्थ्य, उत्तम गृह सुख, कार्यव्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट मान सम्मान, यश किर्ति प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
सावधानी अपनाउनु पर्ने दिन छ, परिस्थितीले अप्ठयारो पार्न सक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्य हानी अथवा सन्तानसँग असमझदारी बढन सक्ने, घरमा कोही जेष्ठ नागरिक हुनुहुन्छ भने स्वास्थ्यको ख्याल राख्नुहोला, कष्टदायी स्थिीति आउन सक्छ, सरकारी झमेलाबाट सचेत रहनुहोला । खराब संगतले वा शत्रुहरुले हानी पुर्याउने योग छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ, भोजनमा ध्यान दिने र समयमै खानपान गर्नुहोला, नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ, अचानक हुने घटनाले आज मन अशान्त हुनसक्छ, कुनैपनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुखकष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने सम्भावना छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लाभकारक एवम सुखदायी बसाइ हुनेछ, फाइदाको लागि घरबाहिर बस्नुपर्ने अवस्था आउने अथवा छोटो खालको भ्रमण हुने योग देखिएको छ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थ्य, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन वा रति सुखमा ध्यान जान सक्नेछ, व्यापार व्यवसायमा लाभको योग बनेको छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन राम्रो रहनेछ । धन लाभ, समस्याहरुबाट छुटकारा, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, शत्रुहरुमाथि विजय प्राप्ति, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति व्यापारव्यवसायको लागि दिन सफल रहनेछ । खर्च माथि भने नियन्त्रण गर्नुपर्नेछ, दुषित प्रेमप्रसंग र गलत सम्बन्धबाट भने टाढा रहनुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा कुरा खेलिरहन सक्छ, निर्णयहरु गलत हुन सक्ने, कठिन प्रयासपछि मात्र कार्य सफल हुने, यात्रा गर्दा अथवा सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला, अनावश्यक खर्च धनको दुरुपयोग माथि लगाम लगाउनुहोला, स्वास्थ्यमा समस्या आउने, कुनै पुरानो रोग छ भने बल्झिन सक्छ, मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला । रिस गर्नेहरु आज सक्रिय हुने सम्भावना छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्म विश्वासमा कमी आउने, चित्त चंचल रहने, कसैलाई विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, स्वास्थयमा समस्या उत्पन्न हुनसक्ने, आफन्तसँग असमझदारी बढन सक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, जल, जलजन्य चीज तथा स्त्रि जातिबाट भने सचेत रहनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भाग्य बलियो हुने दिन छ, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्न सक्ने, लुगा कपडा वा अन्य वस्तुको प्राप्तिको योग छ, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइबन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुहरुमाथि विजय प्राप्त हुने, प्रेमिकाहरुसँग सहवास सुख मिल्ने, कर्म क्षेत्रमा भने बाधा अथवा विलम्ब हुन सक्नेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक असन्तोष दिने खालको दिन छ । गरेको काममा बाधा आउने वाढिलो हुन सक्ने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षबाट समस्या या असमझदारी हुनसक्ने, विद्यार्थीहरुको पढाइबाट मन हटने, जथाभावी खानपानले स्वास्थयमा प्रतिकुलता आउने योग छ, बोल्दा होश पुरयाउनुहोला नत्र समस्या निम्तिन सक्छ, सरकारी झमेलाले पनि तनाव बढाउन सक्छ, अनावश्यक खर्च र व्यवसायीक घाटा हुने भएकोले सचेत रहनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुख र आनन्द प्राप्त हुने दिन छ, भाग्योदयकारी घटना हुन सक्छन, रोग व्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कारको साथै मित्रहरुको सहयोग पाइने, स्त्रि वर्गसँग समय रमाइलोमा बित्ने योग छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन अनुकुल छैन, शारिरिक कष्ट, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी हुने, खर्चमा बृद्धि, आर्थिक हानी नोक्सानी, सन्तानको तर्फबाट सुख नपाइने, आँखा सम्बन्धि समस्या आउनसक्ने, घमन्डलाइ आज ठाउँ नदिनुहोला । व्यवसाय र लगानीलाइ आज दिन प्रतिकुल छ, सहनशील र सकारात्मक बन्नुभएको खन्डमा दिन सुखद हुनेछ ।