मन्त्रिमण्डलमा रहेका सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा
वि.सं.२०७७ पुस ५ आइतवार १६:३९
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन् ।

वि.सं.२०७७ पुस ५ आइतवार १६:३९



















