YouTube Link

सेयर मार्केट्का लगानीकर्ताले पढ्नैपर्ने ५ उत्कृष्ट् पुस्तकहरु

Facebook Link

काठमाडौं : आफ्नो जीवनकालमा जतिसक्दो छिटो लगानी गर्नु अति महत्वपूर्ण पक्ष हो । विशेषगरी युवाहरुले जतिसक्दो चाँडोल लगानी गरेर सफल बन्न प्रयास गरिरहेका हुन्छ ।

यसैगरी, वयष्क तथा पेशाकर्मीहरुका लागि चाँडै अतिरिक्त आम्दानीका लागि कुनै क्षेत्रमा लगानी गर्नु निकै आवश्यक विषय हो । जस्तो सेयर बजारकै कुरा गरौं न, छिटो लगानी गरी दीर्घकालीन समयसम्म होल्ड गर्दा यसबाट कोहीले पनि उच्च प्रतिफल प्राप्त गर्न सक्दछ । केही वर्ष छिटो मात्र लगानी सुरु गर्न सके पनि लाखौं नभए पनि दसौं हजार रुपैयाँ अतिरिक्त प्रतिफल आफ्नो अवकाष कोषमा जम्मा गर्न सकिन्छ ।

तर, चाँडै लगानी गर्नु जति महत्वपूर्ण छ, बुद्धिमानीपूर्वक लगानी गर्नु त्यो भन्दा झन् महत्वपूर्ण विषय हो । सही ज्ञान भएन भने छिटो लगानी सुरु गर्नु पनि बालुवामा पानी खन्याए बराबर हुन जान्छ । यसो भए, सही लगानी गर्ने कसरी ? यसको उत्तर सामान्य छ : अध्ययन । उचित लगानीका लागि सफल लगानीकर्ताका पुस्तकहरु अध्ययन गर्न अति नै महत्वपूर्ण हुन्छ । तसर्थ, यसपटक हामी युवा लगानीकर्तालाई व्यावसायिक तथा वित्तीय मार्गनिर्देशन गर्न सिकाउने ५ उत्कृष्ट पुस्तकहरुको बारेमा सामान्य चर्चा गर्दैछौं ।

‘रिच ड्याड पोर ड्याड’ (१९९७): रोबर्ट कियोसाकी

युवा लगानीकताले पढ्नैपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् । कर्पोरेट अमेरिकाको मुसा दौड त्याग्नका लागि वित्तीय साक्षारता र वित्तीय स्वायत्तताको महत्वलाई अन्तिम लक्ष्य बनाउनुपर्नेमा लेखकले जोड दिएका छन् । लेखा (एकाउन्टिङ) सिक्न महत्वपूर्ण भए पनि यो भ्रामक हुनसक्नेतर्र्फ पनि लेखकले इंगित गरेका छन् ।

उदाहरणका लागि बैंकले घरलाई व्यक्तिको सम्पत्तिको रुपमा मान्दछ । तर उक्त घरलाई टिकाई राख्न भुक्तानी आवश्यक भएकाले नगद प्रवाहका आधारमा यो दायित्वमा परिणत हुन जान्छ । तर वास्तविक सम्पत्तिले तपाईको वालेटमा नगद प्रवाह गर्नेछ । धेरैले घर बनाउँदा बैंकबाट ऋण लिएर बनाएका हुन्छन् भन्ने सन्दर्भमा यो विषयलाई केन्द्रित गरिएको हो । कियोसाकीले नगद प्रवाहका लागि उत्पादन गर्दै सम्पतिमा उच्च प्रतिफल प्रदान गर्ने लगानीको वकालत गरेका छन् ।

घरजग्गा लगानी र लाभांश प्रदान गर्ने सेयरलाई यस्तो लगानीको अनुकूल मानिएको छ । मानिसलाई जीवनभर कडा परिश्रम गराउन सिकाउने किसिमले अमेरिकी शिक्षा प्रणाली विकास गरिएको छ भन्ने उनको भनाई छ । विद्यालयले प्रशस्त सम्पति कमाई भविष्यमा दुःखको काम गर्न आवश्यक नपर्ने किसिमले शिक्षा दिन नसकेको उनको धारणा छ । कियोसाकीले कर योजनाको महत्वलाई पनि आफ्नो पुस्तकमा दर्शाएका छन् । आम लगानीकर्ताले यस पुस्तकबाट लगानी तथा सम्पति जोड्ने विषयमा धेरै कुराहरु सिक्ने अपेक्षा गर्न सकिन्छ ।

‘द एसे अफ वारेन बफेट : लेसन फर कर्पोरेट अमेरिका (१९९७)’, वारेन बफेट

आधुनिक इतिहासको सर्वाधिक सफल लगानीकर्ताका रुपमा चिनिएका बफेटले आफ्ना निबन्धहरुमा कर्पोरेट अमेरिका र सेयरहोल्डरहरुसँग सम्बन्धित विविध विषयहरुमा आफ्नो धारणा राखेका छन् । यस पुस्तकबाट युवा लगानीकर्ताले कम्पनीको व्यवस्थापन र यसका सेयरहोल्डरहरु बीचको सम्बन्धको झलक प्राप्त गर्न सक्दछन् । साथै, कम्पनीको व्यावसायिक मूल्य र महत्वलाई बढाउन चाहिने विचार प्रक्रियालाई पनि समावेश गरेका छन् । पुस्तकमा बफेटले कर्पोरेट गभर्नेन्स, वित्त, लगानी, साधारण सेयरका विकल्प, मर्जर तथा एक्विजिसनका बारेमा चर्चा गरेका छन् ।

यसैगरी, लेखा तथा मूल्यांकन, लेखा नीति र करका विषयहरु पनि समावेश गरेका छन् । बफेटले यसमा आफ्नो व्यावसायको आधारभूत सिद्धान्तहरुलाई प्रस्तुत गरेका छन् । बर्कशायर हाथवेको प्रबन्धकका हैसियतले आफ्ना सेयरधनीहरुलाई आपसी स्वार्थ जोडिने विषयमा पनि जानकारी गराएका छन् ।

उनले दक्ष व्यवस्थापकलाई पोर्टफोलियो कम्पनीहरुमा ल्याउने र उनीहरुलाई काम गर्न स्वतन्त्र छाडिदिने गरेका छन् । वास्तविक मूल्य भन्दा कम भाउ भएको बेलामा सेयर खरिद गर्नुपर्छ । तर सधैं अल्पकालीन ट्रेन्डको पछि लाग्न नहुनेमा बफेटले वकालत गरेका छन् । भ्यालू इन्भेष्टिङमा उनले जोड दिएका हुन् । दीर्घकालीन लगानीका बारेमा पनि उनले वकालत गरेका छन् ।

‘बिटिङ द स्ट्रिट’ (१९९३) : पिटर लिन्च

पिटर लिन्च अघिल्लो शताब्दीका एक सर्वाधिक सफल लगानीकर्ता हु । हेज फन्ड पनि व्यवस्थापक हुन् । सन् १९६० को मध्यतिर फिडेलिटी इन्भेस्टमेन्ट्समा प्रशिक्षार्थीका रुपमा उनले काम सुरु गरेका थिए । यसको ११ वर्षपछि झण्डै १ करोड ८० लाख डलर सम्पति भएको मेगालान फन्डको व्यवस्थापनको समेत उनले जिम्मेवारी पाए । सन् १९९० सम्म आइपुग्दा मेगालान फन्डको सम्पति बढेर झण्डै १४ अर्ब डलर पुगेको थियो । हाल उक्त फन्डले वार्षिक औसत २९.२ प्रतिशतका दरले प्रतिफल दिइरहेको छ ।

बिटिङ द स्ट्रिट’ ले लिन्चको दिमाग नियाल्न र सेयर किनबेचका लागि सही समयको निर्णय गर्न पाठकलाई अवसर दिएको छ । बजारबाट व्यक्तिगत लगानीकर्ताले वाल स्ट्रिटको भन्दा बढी लाभ उठाउन सक्ने विश्वास राख्दै आफूले जानेको क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहित गरेका छन् । यस पुस्तकले पनि उचित लगानी विधिलाई नै मार्गदर्शन गरेको बुझ्न सकिन्छ ।

‘द इन्टेलिजेन्ट इन्भेस्टर्स’ (१९४९) : बेन्जामिन ग्राहम

यो पुस्तक १९४९ मा प्रकाशन भएको हो । यो लगानीकर्ताले अत्याधिक रुचाएका पुस्तकमा पर्छ । विख्यात लगानीकर्ता वारेन बफेटले यसलाई हालसम्म लेखिएको मध्ये सम्भवतः सबैभन्दा उत्कृष्ट लगानी पुस्तक मानेका छन् । बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिंदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरु आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड रहँदै आएको छ ।

ग्राहमले आफ्नो पुस्तकमार्फत सेयर बजार इतिहासको जानकारी गराउँदै पाठकलाई आधारभूत विश्लेषण गर्न सुझाव दिएका छन् । सकारात्मक र रक्षात्मक दुवै विधिबाट आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने विभिन्न तरिकाको बारेमा पनि उनले पुस्तकमा छलफल गरेका छन् । संक्षेपमा भन्नुपर्दा, उचित समयमा उपयुक्त हिसाबले लगानी गर्न यस पुस्तकले सिकाएको छ ।

‘थिंक एन्ड ग्रो रिच’ (१९३७) : नेपोलियन हिल

‘थिंक एन्ड ग्रो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरुसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका छन् । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरु प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त प्रकाशित गरेका छन् ।

यसमा इच्छा, आस्था, विशिष्टीकृत ज्ञान, संगठित योजना, दृढता र छैटौं ज्ञानेन्द्रियलाई समावेश गरिएको छ । हिल उस्तै विचार भएका मानिसहरुसँग मिलेर काम गर्ने कुरामा विश्वास गर्छन् । नकारात्मक समाचार र मनोरञ्जन सामाग्रीले मात्र प्रथमिकता पाइरहेको वर्तमान समयमा सफलताको मनोविज्ञानका लागि मूल्यवान अन्तरदृष्टि प्राप्त गर्न यो पुस्तक पढ्नैपर्ने मध्ये एक रहेको छ ।

एजेन्सी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...