Rajshow Bivag

सेयर बजारका बादशाह वारेन बफेटले यसरी बनाए सेयर बजारमा लगानीको आफ्नै सुत्र

Departmant of helth services

काठमाडौं : वारेन बफेट संसारभर एक सफल लगानीकर्ताका रुपमा कहलिएका छन् ।

त्यही भएर उनलाई लगानी गुरुका रुपमा धेरैले अंगीकार पनि गरेका छन् । उनको आफ्नै कुनै उत्पादन तथा सेवामूलक कम्पनी छैन । तर पनि उनी वर्षौदेखि विश्वका शीर्ष १० धनीमा पर्न सफल हुदै आएका छन् ।

मुख्य रुपमा सेयर बजारमा लगानी गरेरै उनी अर्बौ डलरको सम्पत्ति कमाउन सफल भएका हुन् । त्यसो भए कसरी उनले यति धेरै प्रतिफल लिन सफल भए त रु के हो उनको कमाउने रहस्य रु यसका बारेमा जान्ने धेरैलाई इच्छा हुन सक्छ ।

वारेन बफेटले लगानी गर्दा आधारभूत सिद्धान्तहरुलाई आदर्शको रुपमा स्वीकार र प्रयोग गर्दै आएका छन् । प्रमुख प्राथमिक सम्भाव्यतालाई सधै लगानी गर्नुपूर्व प्रयोग गर्ने गरेका छन् ।

अरबौं डलरको आफ्नो बर्कशायर हाथवे कम्पनीमार्फत उनले आफ्नो सम्पत्तिलाई नयाँ उचाईमा पुर्याए । सेयरहोल्डरहरुलाई आकर्षक प्रतिफल वितरण गर्न सफल भए ।

व्यवसाय सञ्चालनको यो तार्किक बुझाई र बेन्जामिन ग्राहमबाट सिकेको सूत्रलाई अपनाएर नै बफेट उत्कृष्ट लगानीकर्ता बन्न पुगेका छन् ।


मूल्य, लगानी र नाफा

संसारमा धेरै जनाबाट लगानी ढाँचा वा तरिका सिक्न सकिन्छ । सबैका आ–आफ्नै लगानी विधि र मन्त्र हुन सक्छ । तर वारेन बफेट भने निकै सामान्य विधिको प्रयोग गरेर सेयर बजारमा सफल हुने व्यक्तिका रुपमा चिनिंदै आएका छन् । मुख्यतयः प्राथमिक सम्भाव्यता विधिले उनको लगानी विश्लेषणलाई थप सरल बनाएको छ । उनले लगानीका लागि पारदर्शी कम्पनीहरु रोज्छन् । किनकी यो बुभ्mन सहज हुन्छ । धेरै कुराको सजिलै जानकारी पाउन सकिन्छ । कम्पनीको भित्रीभन्दा भित्री जानकारी लिन पाइन्छ ।

यद्यपि, बफेटले प्रमुख त मूल्य विधिको बुझाइकै रुपमा काम गर्दैआएका छन् । बेन्जामिन ग्राहमसँगको काम र अध्ययनबाट उनले यो विधि सिकेका हुन् । लगानी ढाँचाको एकीकृत अवस्थाले उनलाई सेयर बजारमा बिजेताको रुपमा परिचित गराएको छ । उदाहरणका लागि हरित प्रविधिको क्षेत्रलाई लिन सकिन्छ । जहाँ बफेटले खुलारुपमै नयाँ लगानीका लागि आफ्नो उच्च क्षमता भएको दाबी गर्दै आएका छन् । यो क्षेत्र विश्वमा व्यापक रुपमा बढिरहेको छ । हरित प्रविधिका क्षेत्रबाट ६० प्रतिशत नयाँ उर्जा लगानी भित्रिरहेको छ ।

प्रतिरक्षा रणनीति

यसले पनि वारेन बफेटलाई कुनै पनि समयमा सही लगानी रणनीतिमा अघि बढ्नका लागि सहयोग गरेको छ । जब उनले कुनै निर्णय लिन्छन्, त्यसपछि उनी आफ्नो सिद्धान्तमा निकै अडिग हुन्छन् । लामो अवधिको प्रतिस्पर्धी लाभका कम्पनीहरुले पुँजीको अधिकतम प्रतिफल सिर्जना गर्छन् भन्ने बफेटको भनाई छ । यस्ता कम्पनीहरुको प्रतिस्पर्धी लाभले महलको वरिपरी सुरक्षा कवजको रुपमा पनि काम गर्छ भन्ने मान्यता बफेटको रहेको छ ।

बफेटको सुरुवाती तरिका

वारेन बफेटले एउटा बालकको रुपमा विश्लेषणका लागि सम्भाव्यताहरु प्रयोग गर्न थाले । उनले ‘स्टेबल बोई सेलेक्सन’ भनिने व्यवसाय र सेयर बजारको जानकारी समावेश भएको ‘टिप सीट’को आविष्कार गरे । यसलाई उनले प्रतिसिट २५ सेन्टमा बिक्री गरे । यो सीटमा घोडा, रेस ट्रयाक, दौडको दिनको मौसम र तथ्यांकको विश्लेषण कसरी गर्ने भन्ने विषयको सुझाव समावेश गरिएको हुन्थ्यो । उदाहरणका लागि यदि एउटा घोडाले निश्चित रेस ट्रयाकमा घमाइलो दिनमा ५ मध्ये ४ वटा दौड जित्यो भने एउटा दौड १ घमाइलो दिनमा सोही रेस ट्रयाकमा आयोजना गर्दा उक्त घोडाले सो दौड जित्ने सम्भावना ८० प्रतिशत निश्चित हुन्छ ।

व्यावसायिक गोसिप विधिबाट सम्भाव्यता विश्लेषण

युवाको रुपमा बफेटले हल्लाको लगानी तथा व्यावसायिक र परिमाणात्मक सम्भाव्यता विश्लेषणको प्रयोग गरे । सम्भावित लगानीमा सूचना संकलन गर्ने यो विधि उनले आफ्ना सल्लाहकार फिलिप फिसरबाट सिकेका हुन् । बफेटले यो विधि १९६३ मा अमेरिकन एक्सप्रेसमा पैसा लगानी गर्ने निर्णय गर्दा सिकेका हुन् । धोकापूर्ण कर्जा समेट्नका लागि तेल आपूर्तिकर्तालाई धितो लिएको समाचार प्रकाशित भएपछि अमेरिकन एक्सप्रेसको सेयर भाउ ओरालो लाग्यो । यसपछि बफेट सडकमा आए । त्यसपछि उनी मानिसले अमेरिकन एक्सप्रेस प्रयोग गर्न छोड्छन् कि भनेर हेर्न केही रेष्टुँराको क्यासियरको डेस्क पछाडि बस्न थाले ।

उनले वाल स्ट्रिटको मेनिया मेन स्ट्रिटमा नगएको निष्कर्ष निकाले र यसको सम्भाव्यता कम भएको पाए । कम्पनीले घाटाको समयमा पनि भुक्तानी गरिरहेको पाएपछि यसको भावी आम्दानी क्षमताले न्यून मूल्यांकनको तह पार गर्ने सोचे । त्यसैले, उनको पार्टनरशीप पोर्टफोलियोको ठूलो हिस्सा किने । केही वर्षको अवधिमै यसलाई बिक्री गरेर राम्रो प्रतिफल लिए । केही वर्षसम्म बफेटले बर्कशायर हाथवेको पोर्टफोलियोको अंशको रुपमा अमेरिकन एक्सप्रेस होल्ड गरिरहे ।

कोकाकोलामा १ अर्ब डलर लगानी

१९८८ मा बफेटले कोकाकोलाको १ अर्ब डलरको सेयर किने । कोकाकोलाको सय वर्षको व्यावसायिक रेकर्डका आधारमा कम्पनीले बारम्बार व्यावसायिक तथ्यांक उपलब्ध गराएको र त्यो विश्लेषणका लागि राम्रो आधार भएकाले नै उनले यस कम्पनीको १ अर्ब डलरको सेयर किनेका हुन् । कम्पनीले आफ्ना सञ्चालनका धेरैजसो वर्षमा औसत भन्दा बढी प्रतिफल दिँदै आएको थियो । यसले कहिल्यै पनि घाटा व्यहोरेको थिएन । लगातार लाभांश दिँदै आएको थियो ।

बफेटको मनपर्ने वेल्स फार्गो बैंक

अमेरिकामा मन्दीको समय अर्थात् १९९० को दशकमा रियल स्टेटको मूल्यका बारेमा बढेको चिन्ताका कारण सिर्जित बैंकिङ क्षेत्रको अस्थिरताले वेल्स फार्गोको सेयर कीर्तिमानी न्यून विन्दुमा ओर्लिएको थियो । बर्कशायर हाथवेका सेयरहोल्डरहरुलाई उनले लेखेको अध्यक्षको पत्रमा बैंकको ठूलो हिस्सा लिनका लागि नाफा र नोक्सानको कारणको सूची बनाएका थिए ।

बफेटले वेल्स फार्गोले ऋण तथा घाटामा गरेको ३० करोड डलर भन्दा बढीको खर्चपछि पनि वार्षिकरुपमा करपूर्व १ अर्ब डलर आम्दानी गरेको उनले उल्लेख गरे । बफेटले ९० को दशकको सुरुवातमा वेल्स फार्गोमा गरेको लगानी समीक्षा गर्दा यो सकारात्मक नै भयो । उनले यसमा आफ्नो होल्डिङलाई लामो समयसम्म कायमै राखे ।

बटम लाइन

यदि प्राथमिक सम्भाव्यतालाई राम्रोसँग बुझियो र समस्या समाधानमा प्रयोग गरियो भने यसले अचम्मसँग काम गर्छ । बफेटले यसलाई मूल्यांकन र विश्लेषणका लागि मूल्य अभिमुखी विधिको रुपमा प्रयोग गरे । यो धेरै वर्षसम्म सफल पनि भयो । यद्यपि, लगानी छनोटका लागि अनगिन्ती सूचनाहरु छन् । बफेटले समय समयमा सम्भाव्यता विधिलाई सही भएको प्रमाणित गरिसकेका छन् ।

पर्याप्त अध्ययन, कम्पनीहरुको भित्री तहसम्म पुगेर सूचना संकलन गर्न सक्ने क्षमता, लगानीमा आफ्नै सूत्र तय, अनि एक पटक निर्णय गरिसकेपछि त्यसमा लामो समयसम्म अडिग हुन सक्ने खुवीले नै बफेटलाई सफल बनाएको हो । उनी प्रतिस्पर्धी लाभका सम्भावना हेर्छन् । लामो समयसम्म होल्ड गरेर उच्चतम लाभ भएपछि मात्र सेयर बिक्री गर्छन् । वर्तमानसँगै भविष्यमा कम्पनी कुन दिशामा अघि बढ्न सक्छ भन्ने आँकलन गर्न पनि उत्तिकै सिपालु छन् । हल्लाको पछि लाग्दैनन् । बरु सबै उनैको पछि लाग्छन् । बफेट सफल हुनुको प्रमुख कारण यिनै हुन् ।

Source : www.nepalipaisa.com

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...