YouTube Link

सेयर बजारका बादशाह वारेन बफेटले यसरी बनाए सेयर बजारमा लगानीको आफ्नै सुत्र

Facebook Link

काठमाडौं : वारेन बफेट संसारभर एक सफल लगानीकर्ताका रुपमा कहलिएका छन् ।

त्यही भएर उनलाई लगानी गुरुका रुपमा धेरैले अंगीकार पनि गरेका छन् । उनको आफ्नै कुनै उत्पादन तथा सेवामूलक कम्पनी छैन । तर पनि उनी वर्षौदेखि विश्वका शीर्ष १० धनीमा पर्न सफल हुदै आएका छन् ।

मुख्य रुपमा सेयर बजारमा लगानी गरेरै उनी अर्बौ डलरको सम्पत्ति कमाउन सफल भएका हुन् । त्यसो भए कसरी उनले यति धेरै प्रतिफल लिन सफल भए त रु के हो उनको कमाउने रहस्य रु यसका बारेमा जान्ने धेरैलाई इच्छा हुन सक्छ ।

वारेन बफेटले लगानी गर्दा आधारभूत सिद्धान्तहरुलाई आदर्शको रुपमा स्वीकार र प्रयोग गर्दै आएका छन् । प्रमुख प्राथमिक सम्भाव्यतालाई सधै लगानी गर्नुपूर्व प्रयोग गर्ने गरेका छन् ।

अरबौं डलरको आफ्नो बर्कशायर हाथवे कम्पनीमार्फत उनले आफ्नो सम्पत्तिलाई नयाँ उचाईमा पुर्याए । सेयरहोल्डरहरुलाई आकर्षक प्रतिफल वितरण गर्न सफल भए ।

व्यवसाय सञ्चालनको यो तार्किक बुझाई र बेन्जामिन ग्राहमबाट सिकेको सूत्रलाई अपनाएर नै बफेट उत्कृष्ट लगानीकर्ता बन्न पुगेका छन् ।


मूल्य, लगानी र नाफा

संसारमा धेरै जनाबाट लगानी ढाँचा वा तरिका सिक्न सकिन्छ । सबैका आ–आफ्नै लगानी विधि र मन्त्र हुन सक्छ । तर वारेन बफेट भने निकै सामान्य विधिको प्रयोग गरेर सेयर बजारमा सफल हुने व्यक्तिका रुपमा चिनिंदै आएका छन् । मुख्यतयः प्राथमिक सम्भाव्यता विधिले उनको लगानी विश्लेषणलाई थप सरल बनाएको छ । उनले लगानीका लागि पारदर्शी कम्पनीहरु रोज्छन् । किनकी यो बुभ्mन सहज हुन्छ । धेरै कुराको सजिलै जानकारी पाउन सकिन्छ । कम्पनीको भित्रीभन्दा भित्री जानकारी लिन पाइन्छ ।

यद्यपि, बफेटले प्रमुख त मूल्य विधिको बुझाइकै रुपमा काम गर्दैआएका छन् । बेन्जामिन ग्राहमसँगको काम र अध्ययनबाट उनले यो विधि सिकेका हुन् । लगानी ढाँचाको एकीकृत अवस्थाले उनलाई सेयर बजारमा बिजेताको रुपमा परिचित गराएको छ । उदाहरणका लागि हरित प्रविधिको क्षेत्रलाई लिन सकिन्छ । जहाँ बफेटले खुलारुपमै नयाँ लगानीका लागि आफ्नो उच्च क्षमता भएको दाबी गर्दै आएका छन् । यो क्षेत्र विश्वमा व्यापक रुपमा बढिरहेको छ । हरित प्रविधिका क्षेत्रबाट ६० प्रतिशत नयाँ उर्जा लगानी भित्रिरहेको छ ।

प्रतिरक्षा रणनीति

यसले पनि वारेन बफेटलाई कुनै पनि समयमा सही लगानी रणनीतिमा अघि बढ्नका लागि सहयोग गरेको छ । जब उनले कुनै निर्णय लिन्छन्, त्यसपछि उनी आफ्नो सिद्धान्तमा निकै अडिग हुन्छन् । लामो अवधिको प्रतिस्पर्धी लाभका कम्पनीहरुले पुँजीको अधिकतम प्रतिफल सिर्जना गर्छन् भन्ने बफेटको भनाई छ । यस्ता कम्पनीहरुको प्रतिस्पर्धी लाभले महलको वरिपरी सुरक्षा कवजको रुपमा पनि काम गर्छ भन्ने मान्यता बफेटको रहेको छ ।

बफेटको सुरुवाती तरिका

वारेन बफेटले एउटा बालकको रुपमा विश्लेषणका लागि सम्भाव्यताहरु प्रयोग गर्न थाले । उनले ‘स्टेबल बोई सेलेक्सन’ भनिने व्यवसाय र सेयर बजारको जानकारी समावेश भएको ‘टिप सीट’को आविष्कार गरे । यसलाई उनले प्रतिसिट २५ सेन्टमा बिक्री गरे । यो सीटमा घोडा, रेस ट्रयाक, दौडको दिनको मौसम र तथ्यांकको विश्लेषण कसरी गर्ने भन्ने विषयको सुझाव समावेश गरिएको हुन्थ्यो । उदाहरणका लागि यदि एउटा घोडाले निश्चित रेस ट्रयाकमा घमाइलो दिनमा ५ मध्ये ४ वटा दौड जित्यो भने एउटा दौड १ घमाइलो दिनमा सोही रेस ट्रयाकमा आयोजना गर्दा उक्त घोडाले सो दौड जित्ने सम्भावना ८० प्रतिशत निश्चित हुन्छ ।

व्यावसायिक गोसिप विधिबाट सम्भाव्यता विश्लेषण

युवाको रुपमा बफेटले हल्लाको लगानी तथा व्यावसायिक र परिमाणात्मक सम्भाव्यता विश्लेषणको प्रयोग गरे । सम्भावित लगानीमा सूचना संकलन गर्ने यो विधि उनले आफ्ना सल्लाहकार फिलिप फिसरबाट सिकेका हुन् । बफेटले यो विधि १९६३ मा अमेरिकन एक्सप्रेसमा पैसा लगानी गर्ने निर्णय गर्दा सिकेका हुन् । धोकापूर्ण कर्जा समेट्नका लागि तेल आपूर्तिकर्तालाई धितो लिएको समाचार प्रकाशित भएपछि अमेरिकन एक्सप्रेसको सेयर भाउ ओरालो लाग्यो । यसपछि बफेट सडकमा आए । त्यसपछि उनी मानिसले अमेरिकन एक्सप्रेस प्रयोग गर्न छोड्छन् कि भनेर हेर्न केही रेष्टुँराको क्यासियरको डेस्क पछाडि बस्न थाले ।

उनले वाल स्ट्रिटको मेनिया मेन स्ट्रिटमा नगएको निष्कर्ष निकाले र यसको सम्भाव्यता कम भएको पाए । कम्पनीले घाटाको समयमा पनि भुक्तानी गरिरहेको पाएपछि यसको भावी आम्दानी क्षमताले न्यून मूल्यांकनको तह पार गर्ने सोचे । त्यसैले, उनको पार्टनरशीप पोर्टफोलियोको ठूलो हिस्सा किने । केही वर्षको अवधिमै यसलाई बिक्री गरेर राम्रो प्रतिफल लिए । केही वर्षसम्म बफेटले बर्कशायर हाथवेको पोर्टफोलियोको अंशको रुपमा अमेरिकन एक्सप्रेस होल्ड गरिरहे ।

कोकाकोलामा १ अर्ब डलर लगानी

१९८८ मा बफेटले कोकाकोलाको १ अर्ब डलरको सेयर किने । कोकाकोलाको सय वर्षको व्यावसायिक रेकर्डका आधारमा कम्पनीले बारम्बार व्यावसायिक तथ्यांक उपलब्ध गराएको र त्यो विश्लेषणका लागि राम्रो आधार भएकाले नै उनले यस कम्पनीको १ अर्ब डलरको सेयर किनेका हुन् । कम्पनीले आफ्ना सञ्चालनका धेरैजसो वर्षमा औसत भन्दा बढी प्रतिफल दिँदै आएको थियो । यसले कहिल्यै पनि घाटा व्यहोरेको थिएन । लगातार लाभांश दिँदै आएको थियो ।

बफेटको मनपर्ने वेल्स फार्गो बैंक

अमेरिकामा मन्दीको समय अर्थात् १९९० को दशकमा रियल स्टेटको मूल्यका बारेमा बढेको चिन्ताका कारण सिर्जित बैंकिङ क्षेत्रको अस्थिरताले वेल्स फार्गोको सेयर कीर्तिमानी न्यून विन्दुमा ओर्लिएको थियो । बर्कशायर हाथवेका सेयरहोल्डरहरुलाई उनले लेखेको अध्यक्षको पत्रमा बैंकको ठूलो हिस्सा लिनका लागि नाफा र नोक्सानको कारणको सूची बनाएका थिए ।

बफेटले वेल्स फार्गोले ऋण तथा घाटामा गरेको ३० करोड डलर भन्दा बढीको खर्चपछि पनि वार्षिकरुपमा करपूर्व १ अर्ब डलर आम्दानी गरेको उनले उल्लेख गरे । बफेटले ९० को दशकको सुरुवातमा वेल्स फार्गोमा गरेको लगानी समीक्षा गर्दा यो सकारात्मक नै भयो । उनले यसमा आफ्नो होल्डिङलाई लामो समयसम्म कायमै राखे ।

बटम लाइन

यदि प्राथमिक सम्भाव्यतालाई राम्रोसँग बुझियो र समस्या समाधानमा प्रयोग गरियो भने यसले अचम्मसँग काम गर्छ । बफेटले यसलाई मूल्यांकन र विश्लेषणका लागि मूल्य अभिमुखी विधिको रुपमा प्रयोग गरे । यो धेरै वर्षसम्म सफल पनि भयो । यद्यपि, लगानी छनोटका लागि अनगिन्ती सूचनाहरु छन् । बफेटले समय समयमा सम्भाव्यता विधिलाई सही भएको प्रमाणित गरिसकेका छन् ।

पर्याप्त अध्ययन, कम्पनीहरुको भित्री तहसम्म पुगेर सूचना संकलन गर्न सक्ने क्षमता, लगानीमा आफ्नै सूत्र तय, अनि एक पटक निर्णय गरिसकेपछि त्यसमा लामो समयसम्म अडिग हुन सक्ने खुवीले नै बफेटलाई सफल बनाएको हो । उनी प्रतिस्पर्धी लाभका सम्भावना हेर्छन् । लामो समयसम्म होल्ड गरेर उच्चतम लाभ भएपछि मात्र सेयर बिक्री गर्छन् । वर्तमानसँगै भविष्यमा कम्पनी कुन दिशामा अघि बढ्न सक्छ भन्ने आँकलन गर्न पनि उत्तिकै सिपालु छन् । हल्लाको पछि लाग्दैनन् । बरु सबै उनैको पछि लाग्छन् । बफेट सफल हुनुको प्रमुख कारण यिनै हुन् ।

Source : www.nepalipaisa.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...