सानिमा बैंकले बोदेबर्साइनमा विस्तारित काउन्टर स्थापना
वि.सं.२०७७ असोज २८ बुधवार १७:०७
1.6K
shares
काठमाडौं: सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बुधबारबाट औपचारिक रुपमा काउन्टर संचालनमा ल्याएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्धघाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गर्नु भएको छ । कोरोना भाइरसको अवस्थामा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा ल्याएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै काउन्टरको सेवा सुचारु राख्न आग्रह गर्नु भयो ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।
वि.सं.२०७७ असोज २८ बुधवार १७:०७




















