कोरोना: थप २६ सय ३८ जनामा संक्रमित
वि.सं.२०७७ असोज २८ बुधवार १६:५०
1.6K
shares
काठमाडौं: कोरोना संक्रमण झन बढ्दो छ ।
पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
कोरोनाका लागी पछिल्लो २४ घण्टामा २१ सय ७४ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।
हालसम्म देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार १६:५०




















