सनराइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग
वि.सं.२०७७ असोज २३ शुक्रवार १६:१८
1.7K
shares
काठमाडौं: सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरलाई साढे एक लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गर्नु भएको हो।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोरोना महामारिको कठिन समयलाई मध्यनजर गर्दै नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
बैंकले बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग कार्य निरन्तर गरिरहने जनाएको छ ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १६:१८




















