कोरोनाले थप दुईको मृत्यु
वि.सं.२०७७ असोज २१ बुधवार ०८:११
2.1K
shares
बुटवल : कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल(५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधवार बिहान १२ः ५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार ०८:११



















