YouTube Link

कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना

World Cup 2026
Facebook Link

काठमाण्डौ: कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । कुमारी बैंकले सार्वजनिक गरेको यो योजना नेपालको बैंकिङ उद्योगकै नयाँ हो ।

 

यस योजनामा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला बिनाधितो लोन दिन्छ र त्यही लोनबाट खरीद गरिएको सेयर धितोमा राखिदिन्छ । साथमा पैसा नहुने वा सेयर नहुनेले पनि कुमारी बैंकको यो स्किममा सहभागी भएर सहजै सेयरमा लगानी गर्नसक्ने छन् । यो कर्जाको स्किममार्फत सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गर्नुपर्ने कुमारी बैंकले जनाएको छ ।

 

कोभिड १९ को विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै सेयर बजारमा लगानी गर्न चाहने, तर अर्थको अभावले लगानीबाट बञ्चित सर्व -साधारणहरुलाई मध्यनजर गर्दै यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले यस्तो कर्जा लिन सक्नेछन् । न्यूनतम प्रोसेसिंग फी राखिएको यो स्किम अन्तर्गत ७२ घण्टामै कर्जा पाइने बताइएको छ ।

 

बिनाधितो लिन सकिने सेयर कर्जाको ब्याजदर ८.५ प्रतिशत रहेको छ । यसमो प्रोसेसिङ फि ०.७५ प्रतिशत लाग्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म बिनाधितो सेयर किन्न कर्जा पाउने कुमारी बैंकका चिफ अपरेटिङ अफिसर रामचन्द्र खनालले बताउनु भयो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...