YouTube Link

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

Facebook Link

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको हो । अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।

 

२०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि एक पद बढुवा भएर उनी डीएसपीमा समायोजित भए । सशस्त्र महानिरीक्षकमा उनकै ब्याचका एआईजी वंशीराज दाहाल र त्यसपछिका गणेश ठाडा आकांक्षी थिए । तर, बालेन्द्र शाह नेतृत्वको सरकारले वरिष्ठता र ज्येष्ठताका आधारमा पौडेललाई आईजीपी बनाएको हो । पौडेल यसअघि ६ जेठ २०७९ मा एआईजीमा भए । उता दाहाल पौडेलभन्दा ५ महिनापछि असोज २८ मा एआईजी भए ।

 

अबको प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहँदा पौडेलको कार्यकाल करिब २३ महिनाको हुने पक्का छ । नियमावलीमा वर्तमान व्यवस्था संशोधन भएर ३२ वर्षे उमेर हद कायम भएमा उनको कार्यकाल थप दुई वर्ष लम्बिने निश्चित छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...