नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
वि.सं.२०७७ असोज ८ बिहीवार १३:३०
1.9K
shares
काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनकालागि इन्भेष्टमेन्टले नेपाल धितोपत्र बोर्ड ‘सेबोन’मा असोज ५ मा निवेदन दिएको छ ।
बैंकले ८.५ प्रतिशत प्रतिफल दिनेगरी सात वर्षे परिवक्व अवधिको ऋणपत्र जारी गर्न बोर्डको अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ।
सोमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने बैंकको योजना छ । बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १३:३०




















