YouTube Link

आठ महिनाको अवधिमा गण्डकी प्रदेशमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च

Nepali Sena Suvakamana Dashain
Facebook Link

पोखरा: गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कुल बजेटको ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले सुस्त गतिमा बजेट खर्च भएपछि लक्ष्य भेट्टाउन मुश्किल देखिएको छ । ८ महिनाको अवधिमा गण्डकी प्रदेशमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो बजेटको ९ प्रतिशत मात्रै हो ।

गण्डकी प्रदेश सरकारले चालु खर्चतर्फ १ अर्ब ६४ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । ६ अर्ब ९१ करोड चालु खर्च रहेको प्रदेश सरकारले ८ महिनाको अवधिमा १२ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारले १ अर्ब ६ करोड ६ लाख ३५ हजार मात्रै खर्च गरेको छ । १५ अर्ब ९० करोड बजेट छुट्याएको पुँजीगत खर्चतर्फ हालसम्म ७ प्रतिशत मात्रै खर्च भएको छ ।

बजेट खर्च नहुनुमा योजनाको अभाव, कर्मचारी अभाव, संघीयताको कार्यान्वयनमा देखिएको ब्यबहारिक अलमल, ऐन, कानुनको अभाव लगायतका कारण बजेट खर्चमा समस्या देखिएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ मन्त्रालयले चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा ४५ प्रतिशत बजेट खर्च गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ५ प्रतिशत, कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयले १८ प्रतिशत , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १२ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ६ प्रतशित बजेट खर्च गरेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ का लागि २४ अर्ब २ करोडको बजेट प्रस्तुत गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...