YouTube Link

आठ महिनाको अवधिमा गण्डकी प्रदेशमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च

Facebook Link

पोखरा: गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कुल बजेटको ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले सुस्त गतिमा बजेट खर्च भएपछि लक्ष्य भेट्टाउन मुश्किल देखिएको छ । ८ महिनाको अवधिमा गण्डकी प्रदेशमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो बजेटको ९ प्रतिशत मात्रै हो ।

गण्डकी प्रदेश सरकारले चालु खर्चतर्फ १ अर्ब ६४ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । ६ अर्ब ९१ करोड चालु खर्च रहेको प्रदेश सरकारले ८ महिनाको अवधिमा १२ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारले १ अर्ब ६ करोड ६ लाख ३५ हजार मात्रै खर्च गरेको छ । १५ अर्ब ९० करोड बजेट छुट्याएको पुँजीगत खर्चतर्फ हालसम्म ७ प्रतिशत मात्रै खर्च भएको छ ।

बजेट खर्च नहुनुमा योजनाको अभाव, कर्मचारी अभाव, संघीयताको कार्यान्वयनमा देखिएको ब्यबहारिक अलमल, ऐन, कानुनको अभाव लगायतका कारण बजेट खर्चमा समस्या देखिएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ मन्त्रालयले चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा ४५ प्रतिशत बजेट खर्च गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ५ प्रतिशत, कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयले १८ प्रतिशत , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १२ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ६ प्रतशित बजेट खर्च गरेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ का लागि २४ अर्ब २ करोडको बजेट प्रस्तुत गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...