नेपाल बैंकद्वारा थप ३ करोड ५० लाख रुपैयाँ कोरोना रोकथाम कोषमा हस्तान्तरण
वि.सं.२०७७ साउन २८ बुधवार १३:०९
1.8K
shares
काठमाडौं: नेपाल बैंकले सरकारको कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैंकले यस अघि संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत प्रदेश र केन्द्र सरकारलाई कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।
राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत २०७७ असार मसान्तसम्ममा सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत खर्च नभएको रकम सरकारको कोरोना रोमथाम कोषमा राख्नु पर्ने नीतिगत व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थासंगै अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच बैक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी लगायतले ३ करोड ५० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नु भएको छ ।
मौद्रिक नीति पश्चात सामाजिक उत्तरदायित्व अन्तरगत खर्च नभएको रकम सबैभन्दा पहिला नेपाल बैंकले सरकारको कोषमा हस्तान्तरण गरेको बैंकका अध्यक्ष बासुदेव अधिकारीले बताउनु भयो ।
वि.सं.२०७७ साउन २८ बुधवार १३:०९



















