राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीलाई दियो अनुदान रकम
वि.सं.२०७७ असार ३० मंगलवार १६:५०
1.2K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसियन्सी कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम दिएको छ ।
बैंकले अशोक स्टील इन्डस्ट्रिजलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार एक सय एकतीस रुपैयाँ, गोइन्का स्टीललाई पाँच लाख ६० हजार चार सय रुपैयाँ रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बीच हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले अन्य बैंकको तुलनामा रा.वा.बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे ।
नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी कार्यक्रम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार १६:५०




















